शिक्षासमाचार

हेण्डसद्धारा ५ विद्यालयलाई आइटि सामाग्री हस्तान्तरण

सिन्धुली, २ असार २०७८

मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले ५ वटा विद्यालयलाई आइटि सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयलाई सूचना र प्रविधि प्रर्वद्धन गर्न विद्यालयलाई बुधबार सामाग्री हस्तान्तरण गरेको हो ।

मरिण गाउँपालिकाको कार्यालयमा भएको सामाग्री हस्तान्तरण कार्यक्रम मार्फत हेण्ड्स नेपालका अध्यक्ष बासुदेव अधिकारीले गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनलाई आइटि सामाग्री हस्तान्तरण गर्नुभयो । पालिकालाई प्राप्त आइटि सामाग्री पालिकाका पाँच वटा विद्यालयलाई पालिका अध्यक्ष बम्जनले हस्तान्तरण गर्नु भएको छ ।

अध्यक्ष बम्जनले श्री कपिलाकोट माध्यमिक विद्यालय मरिण ७, श्री माध्यमिक विद्यालय खयरसाल मरिण ३, श्री बरुणेश्वर माध्यमिक विद्यालय बरुण मरिण ३, श्री आपचौर माध्यमिक विद्यालय ठुलदमार मरिण ४ र सुकेश्वर आधारभुत विद्यालय चनौटे मरिण ४ का प्रधानाध्यापक मार्फत विद्यालयलाई आइटि सामाग्री हस्तान्तरण गर्नुभयो

प्रति विद्यालयलाई १४ इन्चको ल्यापटप एक/एक थान, प्रोजेक्टर एक/एक थान, ४३ इन्चको स्मार्ट टिभि दुई/दुई थान, प्रोटेवल ट्रली स्पिकर एक/एक थान, मिडास सफटवयर विन्डोजअपरेटिङ सिस्टम गरिएको सिकार्य परियोजनाका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

हेण्डस नेपालका अध्यक्ष अधिकारीले विद्यालयलाई प्रविधि मैत्री तरिकाले शिक्षण सिकाई गर्न र वालवालीकालाई पढाई प्रति रुची बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न आइटि सामाग्री सहयोग गरेको बताउनुभयो । प्लान इन्टर नेश्नल नेपालको आर्थिक सहयोगमा हेण्डस नेपालले गाउँपालिका मार्फत विद्यालयलाई सामाग्री प्रदान गरेको उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष बम्जनले हेण्डस नेपालले मरिण गाउँपालिकाले लिएको नितीलाई सहयोग पु¥याउन सहयोग गरेकोमा धन्यबाद दिनुभयो । विज्ञानको समयमा प्रविधिको माध्यमबाट पठन–पाठन गर्न र विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गरेकोमा धन्यवाद दिदै उहाँले अव फेरी १२ वटा विद्यालयलाई थप सहयोग गर्ने संस्थाले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । हेण्डस नेपालले वालवालिकालाई पढाई प्रति आर्कषित गर्न भित्ते लेखन, बसाई र कक्षा कोठाको वयवस्थापनमा सहयोग गर्दै आएको बताउनुभयो ।

Comment here