समाचार

सुनकोसी नदीमा तीन शव फेला

सिन्धुली, २ असार २०७८

सिन्धुलीको सुनकोसी गाउँपालिका र फिक्कल गाउँपालिकामा बेवारिसे अवस्थामा बुधवार शव भेटिएको छ । गाउँपालिकामा पर्ने सुनकोसी नदीको किनारमा तीन वटा शव फेला परेको हो ।

भेटिएका शव मध्ये दुई वटा पुरुषको र एउटा शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार सुनकोसी गाउँपालिका ५ मुलकोटमा एक पुरुष र सुनकोसी गाउँपालिका ६ कानढुग्रीमा एक पुरुषको शव फेला परेको छ । फिक्कल गाउँपालिका ६ रत्नावतीमा पर्ने सोखु खोलाको दोभान सुनकोसी नदीमा पनि गडेको अवस्थामा एउटा शव देखिएको छ । उक्त शव सुनकोसी नदीबाट निकाल्न बाँकी रहेको उहाँको भनाई छ ।
नदीमा भेटिएका शवहरू अन्यन्त्रै स्थानबाट बाढीले बगाएर ल्याएको हुन सक्ने उहाँको भनाई छ ।

प्रहरीले सुनकोसी नदी आसपासमा माइकिङ मार्फत नदी किनारमा गई माछा मार्ने र दाउरा सङ्कलन गर्ने काम नगर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

 

Comment here