जीवन सैलीसमाचार

हेण्डस् नेपाल द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुली, २३ जेठ २०७८

मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस्) नेपाल सिन्धुलीले आइतबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ प्रतिकार्यका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई हेण्डस् नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

हेण्डस् नेपाल सिन्धुलीका अध्यक्ष बासु अधिकारीले कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई हस्तान्तरण गर्नु भएको हो ।

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा कोभिड संकट व्यवस्थापन केन्द्रलाई पल्स अक्सिमिटर ५० थान, पिपिई सेट १५० सेट, फेस शिल्ड १०० पिस, ग्लोवस २ हजार जोडी, सर्जिकल मास्क २ हजार पिस, एन ९५ मास्क २०० पिस, हेण्ड स्यानिटाइजर १३० पिस, डिस्पोजेवल क्याप ३५० पिस, सेप्टी चस्मा २०० पिस, डिजिटल थर्मामिटर २०० पिस र सर्जिकल ग्लोवस २ हजार जोडी हस्तान्तरण गरिएको हेण्ड्स नेपालका सिकाई परियोजना संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्लान नेपालको सहयोगमा परियोजना संचालन भएका मरिण गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा वितरण गर्ने गरि ७ लाख १८ हजार ९२ रुपैंया ४० पैसा मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा संस्थाले गरेको सहयोगले जिल्लामा कोरोना भाइरसको संक्रमाण फैली रहेको अवस्थामा यसको सङ्क्रमण रोकथाम तथा सङ्क्रमितको उपचारमा सहयोग पुग्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी न्यौपानेले प्राप्त सहयोगलाई आवश्यकता अनुसार सम्बन्धित पालिकाहरूमा हस्तान्तरण गरिने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सवालमा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गरेको प्रति हेण्डस् नेपाललाई धन्यवाद दिनुभयो । सरकारी, गैर सरकारी संस्था लगाएत सबैको एकताले यस महामारिसंगको लडाइमा जित हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । साथै जनस्वास्थ्यका मापदण्डको पालना गर्न, गराउन र निषेधाज्ञाको पूर्ण पालना गर्न समेत जिल्लाबासलाई आग्रह गर्नुभयो ।

Comment here