समाचार

सिन्धुलीका कुन पालिकामा कति सङ्क्रमित, कति कोरोनामुक्त भए

सिन्धुली, १९ जेठ २०७८
सिन्धुलीमा बुधवार ४५ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएका छन् । १४९ जनाको स्वाब परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा संक्रमितको सङ्ख्या १ हजार ५५२ पुगेको छ ।

बुधवार १० महिला र १४ पुरुष गरि २४ जना कोरोनामुक्त भएका छन् । हाल सम्म २२८ जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

होम आइसोलेसनमा १ हजार २२२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ६ जना महिला र १६ पुरुष रहेका छन् ।
१२ महिला र १३ पुरुष गरि दोस्रो लहरमा २५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Comment here