समाचार

सिसिएसद्धारा घाट व्यवस्थापन समितिलाई आवश्यक सामाग्री सहयोग

सिन्धुली, १९ जेठ २०७८

सामूहिक सरोकार समाज (सिएिस) सिन्धुलीले बुधवार स्वर्गद्वारी घाट व्यवस्थापन समितिलाई आवश्यक सामाग्री सहयोग गरेको छ । गडौलीमा रहेको स्वर्गद्वारी घाटलाई व्यवस्थित गर्न पानी तान्ने पम्प र आवश्यक पाइप सहयोग हस्तान्तरण गरेको हो ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र, सिन्धुलीको निर्णय अनुसार गडौलीमा रहेको स्वर्गद्वारी घाट व्यवस्थापन समितिलाई कोरोना भाइरसबाट सङ्क्रमण बाट ज्यान गुमाएकाहरूको शव व्यवस्था पनको लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री मार्फत घाट व्यवस्थापन समितिका सचिव छविलाल श्रेष्ठलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

Comment here