समाचार

सिड्सद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुली / सिड्स नेपाल सिन्धुलीले बुधवार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सिन्धुलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा संस्थाका अध्यक्ष दीपक कुमार घिमिरेले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

जिल्लामा कोभिड–१९ को महामारी तीव्र रूपमा फैलँदो अवस्थामा रहेकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सिन्धुलीको अनुरोधमा सिड्स नेपाल सिन्धुलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका र व्यवस्थापनको लागि वल्र्डनेवर्सको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड संकट व्यवस्थापन केन्द्र, सिन्धुलीलाई पी।पी।इ सेट, फेस सिल्लड, माक्स ग्लोब्स, सुकभर, १०० सेट, स्यानिटाइजर, १०० एमएलको २५ थान नेपाली सेनाका लागि हस्तान्तरण गरिएको छ ।

यस्तै संस्थाले स्वास्थ्य सामाग्री खरिद गर्नका लागि दुधौली नगरपालिकालाई ७ लाख, कमलामाई नगरपालिकालाई ७ लाख रुपैंया नगद उपलब्ध गराउने समेत उहाँले जानकारी दिनुभयो ।

पालिकाले स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरण पालिकामा के आवश्यक रहेको छ खरिद गर्न सक्ने उहाँको भनाई रहेको छ ।
यस्तै गोलन्जोर गाउँपालिकामा संस्थाले १५ लाख रुपैंया अनुदान सहयोग गर्ने बताउनुभयो । पालिकामा दिगो रूपमा प्रयोग हुने कोभिड अस्पताल, आइसोलेसन वा स्वास्थ्य उपकरण खरिद गर्न सक्ने उहाँको भनाई रहेको छ ।

सिड्स नेपाल सिन्धुलीले काम गरि रहेका पालिकाहरूमा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउँदै आएको र संस्थाले सकेको सहयोग भोलिका दिनमा समेत गर्ने बताउनुभयो । उक्त स्वास्थ्य सामाग्री मध्ये पी।पी।ई सेट सिन्धुली कोभिड अस्पताललाई ३५ सेट, जिल्ला अस्पताल सिन्धुलीलाई ३५ सेट, नेपाली सेनाका लागि ३० सेट तथा स्यानिटाइजर २५ थान उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो ।

Comment here