जीवन सैलीसमाचार

रिलिफ र सिड्सले गरे स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली / कोभिड–१९ प्रतिकार्यका लागि कोभिड सङ्कट व्यवस्थापन केन्द्र, सिन्धुलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
रिलिफ नेपाल र सिड्स नेपाल सिन्धुलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेल, सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दीपक घिमिरेले बागमती प्रदेश सभा सदस्य प्रदीप कटुवाल र लेखनाथ दाहालको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीलाई सुरेश न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो । बुधवार हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री वर्ल्ड भिजनको सहयोगमा साझेदार संस्थाहरूले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले जानकारी दिनुभयो । दुई वटा संस्थाले कोभिड सङ्कट व्यवस्थापन केन्द्र, सिन्धुलीलाई १० लाख ७५ हजार २६४ रुपैंया ३५ पैसा मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र, सिन्धुलीलाई ५ लाख १२ हजार रुपैयाँको २० थान अक्सिजन सिलिन्डर,८३ हजार २ सय रुपैंयाको ३२ थान पल्स अक्सिमिटर, ३० हजार ७३६ रुपैंयाको थर्मल टेम्प्रेचर गन ३२ थान उपलब्ध गराइएको छ ।

२ लाख ८ हजार ३४९ रुपैंया ४ पैसामा पी.पी.इ सेट ७० थान, २ लाख १० हजार रुपैंयामा एक थान, अक्सिजन कन्सन्ट्रेटर, ५ हजार ६५० रुपैयाँको ५ लिटरका स्यानिटाईजर ४ जर्गिन, १ हजार ३९५ रुपैंया ५५ पैसामा एन्टिस्पेटिक तरल साबुन १३, १९ हजार ५२६ रुपैंया ४ पैसामा एन ९५ मास्क ७२ पिस, ४ हजार ४०७ रुपैयाँको सर्किजल मास्क १३ पोका गरि १० लाख ७५ हजार २६४ रुपैंया ३५ पैसा मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सामान हस्तान्तरण पनि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले महामारीका वेला स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने रिलिफ नेपाल, सिड्स नेपाल र सहयोग गर्ने वल्ड भिजनलाई धन्यवाद दिनुभयो । जिल्लामा संक्रमण बढ्दो अवस्थामा रहेको र प्राप्त सामाग्रीहरूलाई सहमतिका आधारमा आवश्यक परेका स्वास्थ्य संस्थाहरूमा वितरण गर्दै जाने र पछि अनुमोदन गरिने जानकारी दिनुभयो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण नियत्रणका लागि निषेधाज्ञा जारी गरिएको र निषेधाज्ञाका पूर्ण पालना गरि सहयोग गर्न जिल्लावासीलाई उहाँले आग्रह गर्नुभयो ।

Comment here