जीवन सैलीप्रदेशसमाचार

पुरुषोत्तम र यशोदाद्धारा जन्मदिनमा आइसोलेसनलाई कुलर मेसिन हस्तान्तरण

सिन्धुली, १६ जेठ २०७८

आफ्नो जन्मदिनको अवसरमा पुरुषोत्तम दाहाल र यसोदा बुढाथोकी दाहालले कुलर मेसिन हस्तान्तरण गर्नु भएको छ । आइतबार सिन्धुली अस्पताल कोभिड–१९ आइसोलेसनलाई दुई थान कुलर मेसिन हस्तान्तरण गर्नु भएको हो ।

आइसोलेसन भवनमा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेललाई पुरुषोत्तम र यशोदाले हस्तान्तरण गर्नु भएको हो । पुरुषोत्तमले भन्नुभयो ‘हिजो मेरी श्रीमतीको जन्मदिन परेको थियो, आज मेरो जन्मदिन परेको छ, दुवैको सल्लाह अनुसार जन्मदिनको अवसरमा आइसोलेसनलाई कुलर मेसिन उपलब्ध गरेका छौ ।’

उहाँले भन्नु भयो, ‘जिल्ला यति वेला कोरोना महामारी सँग जुधिरहेको अवस्थामा सबै ठाउँमा बेड,अक्सिजन र एसी नहुने हुँदा एसी नभएको ठाउँमा केही राहत होस् भन्ने हेतुले कुलर मेसिन सहयोग गरेका छौ ।’ दाहालले जन्मदिनमा हुने फजुल खर्च कटाएर आइसोलेसनमा आवश्यक रहेको कुलर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

यस्तै यशोदा बुढाथोकीले यो फजुल खर्चलाई कटौती गरि कोभिडको महामारीमा आवश्यक सामाग्री उपलब्ध गराउँदा सङ्कटमा परेका सेवा प्रदायक र समस्यामा परेका नागरिकलाई सहज हुने बताउनुभयो । सबैको सकारात्मक प्रयास र साथले महामारी जितिने भन्दै आफूहरूले अस्पतालमा कुलर मेसिन हस्तान्तरण गरेको बताउनुभयो ।

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले जन्मदिन तथा अन्य उत्सवमा गरिने खर्चलाई कटौती गरि सकेको सहयोग गरेकोमा प्रशंसा गर्नुभयो । आफूले सकेको मानविय सेवामा फजुल खर्च कटाएर सहयोग गर्ने दाहाल दम्पतीलाई जन्मदिनको अवसरमा पुण्य काम गरेकोमा धन्यवाद दिदैं उज्वल भविष्यको कामना गर्नुभयो ।

दाहाल दम्पतीले जन्मोत्सवको अवसरमा ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन आइसोलेसनमा सहयोग गरेपछि  आइतबार नै जडान गरिएको छ ।

Comment here