समाचार

फिक्कल गाउँपालिकालाई १५ थान अक्सिजन सहितको सिलिन्डर सहयोग

सिन्धुली, १६ जेठ २०७८

सामूहिक सरोकार समाज सिन्धुलीले फिक्कल गाउँपालिकालाई आइतबार अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीको सिफारिस अनुसार गाउँपालिकालाई अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको हो ।

नेपाल र्यापिड एक्सन टास्कफोर्स (C19-RAT) समुहको सहजिकरण,क्रियशन नेपाल काठमाण्डौको सहयोग तथा सामूहिक सरोकार समाज (CCS) सिन्धुलीको समन्वयमा उपलब्ध गराई सहयोग गरिएको छ ।

सामूहिक सरोकार समाज सिन्धुलीले क्रीयशन नेपाल काठमाडौँको सहयोगमा १५ थान अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको संस्थाका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो ।

पालिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या बढ्दै गएको र पालिकामा नै अक्सिजनको अभाव हुन नदिन क्रीयशन नेपाल काठमाडौँको सहयोगमा अक्सिजन सिलिन्डर सहयोग गरिएको उहाँको भनाई रहेको छ । थप पाँच थान रेगुलेटर समेत सहयोग गरिएको उहाँको भनाई रहेको छ ।

Comment here