समाचार

अलपत्र परेका ११ जनालाई प्रहरीले गन्तव्यमा पठायो

सिन्धुली १६ जेठ २०७८

सिन्धुली प्रहरीले अलपत्र परेका ११ जनालाई गन्तव्यमा पठाएको छ । आइतबार फिक्कल गाउँपालिका ४ खाङसाङ स्थित अलपत्र अवस्थामा आएकालाई प्रहरीले गन्तव्यमा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार ओखलढुङ्गाबाट काम गरि पैदलै बारा तर्फ जाँदै गरेका ११ जनालाई उद्धार गरि गन्तव्यमा पठाएको हो ।

प्रहरीको सक्रियतामा बा १६ च ५६७० नम्बरको बोलेरोबाट उनीहरूलाई बारा जिल्ला महागढीमाई नगरपालिका ११ मा घर भएका ११ जनालाई गन्तव्य तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here