समाचार

चार वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

सिन्धुली, १६ जेठ २०७८

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

कमलामाई नगरपालिका ८ कमला खोलाभित्रबाट ढुङगा, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार ज १ त ६४४५, ०२–०२–०० त १०३१, ना ६ त ५३७५ र ना ७ त ४८२४ नम्बरका ट्याक्टर इलाका प्रहरी कार्यालय भिमानबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

आवश्यक कागजपत्र नभएकाले नियन्त्रणमा लिइएको र अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

Comment here