प्रदेशसमाचार

माछा मार्न गएका टिकाबहादुर मृत अवस्थामा फेला

सिन्धुली ३० बैशाख २०७६

सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुम्टार निवासी ६० वर्षीय टिकाबहादुर सुनुवार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
आफन्तले खाजी गर्दा मरिण खोलामा टिकाबहादुरलाई मृत अवस्थामा फेला पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिनु भएको जानकारी अनुसार ६० वर्षीय टिकाबहादुर बुधवार दिउँसो मरिण खोलामा माछा मार्न गएका थिए । सुनुवार माछा मार्न(खुङा) थाप्न २ घमण्डे खरघारौं मरिण खोलामा गएकोमा बेलुका अबेर सम्म घर नआएकोले आफन्तहरूले खोजी गर्दा खुङा थापेको स्थानबाट अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टिकाबहादुर मरिण खोलामा आएको बाढीले बगाई ढुङ्गाले दाहिने खुट्टा थिचिए र घोप्टो परेको अवस्थामा फेला परेका थिए ।

Comment here