प्रदेशसमाचार

सिन्धुलीमा निषेधाज्ञा अवज्ञा गर्ने १० व्यवसायी प्रहरीको नियन्त्रणमा

सिन्धुली, ३० बैशाख २०७८

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बिहीबार निषेधाज्ञा अवज्ञा गरी होटेल पसलहरू संचालन गर्ने १० जना व्यवसायिहरुलाई नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अवज्ञा गरि व्यवसायी संचालन गर्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले दिनु भएको जानकारी अनुसार ढग्रेवासमा आश्रय स्टोर पसल संचालन गरी बस्ने ४८ वर्षीय अञ्जना श्रेष्ठ, सन्तोष मिठाई पसलका ४५ वर्षीय सन्तोष साह, विकास किराना पसल संचालन गर्ने ४२ वर्षीय सूर्यदेव साह, सिता जर्नल स्टोल संचालन गर्ने ४७ वर्षीय लक्ष्मण साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै दिनेश किराना स्टोर संचालन गर्ने ३७ वर्षीय विजय साह, गणपति टायर सेन्टर पसल संचालन गर्ने ३० वर्षीय जयवीर चौधरी, होटेल आशीर्वाद संचालन गर्ने ४९ वर्षीय गणेश कार्की, कार्की कोल्ड स्टोर संचालन गर्ने ४० वर्षीय जानुका कार्की र कमालामाई वर्कसप संचालन गर्ने १८ वर्षीय देवानन्द साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता लामाले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवज्ञा गरी होटेल पसलहरू संचालन गर्ने मानिसहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको उहाँले जानकारी दिनुभयो ।

 

Comment here