सिन्धुली, २९ बैशाख (२०७८) सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारबाट ६ जनालाई जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
होटेलमा जुवा तास खेल्दै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिनु भएको जानकारी अनुसार होटेल संचालक ३१ वर्षीय रामचन्द्र श्रेष्ठ, ६ वर्षीय धनबहादुर श्रेष्ठ , २९ वर्षीय शंकर माझी, २१ वर्षीय अरुण श्रेष्ठ, ५३ वर्षीय केशव प्रधान र २९ वर्षीय भरत श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
Comment here