प्रदेशसमाचार

बहुविवाहका फरार प्रतिवादी पक्राउ

सिन्धुली, २९ बैशाख २०७८

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बहुविवाहका फरार प्रतिवादीलाई मङ्गलवार दिउँसो पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका ४ माथिल्लो आहालेका ५२ वर्षीय दुर्गे दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारी अनुसार उनी बहुविवाह मुद्दामा ११ महिना ५ दिन कैद सजाय फैसला भएको र फरार रहँदै आएको अवस्थामा पक्राउ गरेको हो । दुर्गेलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पेस गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here