जीवन सैलीप्रदेशबागमतिसमाचार

सिन्धुलीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९६

सिन्धुली, २५ बैशाख २०७८

सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय सङ्क्रमितको सङ्ख्या २९६ रहेको छ । ३०६ जना सङ्क्रमित भएकोमा ८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

शनिवार कमलामाई नगरपालिकामा २६, दुधौली नगरपालिकामा १, घ्याङलेख गाउँपालिकामा १, हरिहरपुरगढी गाउँपालिकामा ५, गोलन्जोर गाउँपालिकामा २, मरिण गाउँपालिकामा १ र सुनकोसी गाउँपालिकामा ९ गरि ४५ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय सिन्धुलीका सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले जानकारी दिनुभयो । शनिवार तीनपाटन गाउँपालिकाका १ र कमलामाई नगरपालिकाका १ गरि दुई जना कोरोनामुक्त भएको उहाँको भनाई रहेको छ ।

Comment here