प्रदेशबागमतिसमाचार

जनप्रतिनिधि हुन त यस्ता : आफु चड्ने गाडी विरामी बोक्नलाई 

सिन्धुली, २५ बैशाख २०७८

तीनपाटन गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले आफु चड्ने गाडी कोभिडका विरामी बोक्न प्रयोजनका लागि दिनु भएको छ । पालिकामा कोरोनाका संक्रमित बढ्दै गएपछि विरामीलाई समयमा नै अस्पताल पुर्याउन उहाँले पालिकाको स्वस्थ्य शाखालाई गाडि उपलब्ध गराउनु भएको हो ।

उहाँले सरोकार खबर डटकमसंगको कुराकानीमा आफुले सेवा सुविधा लिदै आएको बा २ झ ४१६३ नम्बरको गाडी गाउँपालिकाको स्वास्थ्य शाखालाई गाडीको चाबी दिईएको छु ।

उहाँले भन्नुभयो जनताको मत लिएर निर्वाचित भएको र जनता समस्यामा परेका आफुले प्रयोग गरेको गाडी जनताको सेवामा पठाएको छु । पालिकाले कोरोनाको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक पहल गरि रहेको र पालिका बासिलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

Comment here