जीवन सैलीसमाचार

रिलिफ नेपालद्धारा अक्सिजन सिलिण्डर वितरण

सिन्धुली, २५ बैशाख २०७८
रिलिफ नेपाल सिन्धुलीले शनिबार जिल्ला कोभिड संक्रमण व्यवस्थापन समिति मार्फत स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर वितरण गरेको छ ।
सिन्धुली कोभिड अस्पताललाई १५ थान र दुधौली नगरपालिकालाई ४ थान अक्सिजन सिलिण्डर हस्तान्तरण  गरिएको हो ।

वितरण गरिएको सिलिण्डर मध्ये चार थान अक्सिजन सिलिण्डर दुधौली नगरपालिका मार्फत प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपलब्ध गराईइने रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा अक्सिजनको अभाव भै रहेको अवस्थामा डक्सरको आर्थिक सहयोग र टिडिएच जर्मनकोको साझोदारीमा रिलिफ नेपालले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

सिलिण्डर हस्तान्तणमा प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपाने, बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल, लेखनाथ दाहाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेल लगाएतले अक्सिजन सिलिण्ड उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

साथै कोभिड अस्पतालमा रहेको अक्सिजन प्लाट संचालन गर्न १०० केभिएको जेटेरेटर आवश्यक परेकाले खरिद गर्न सहयोगी संस्थासंग समन्वय गरिने भएको छ ।

Comment here