जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा कोरोना सङ्क्रमित बालकको मृत्यु

सिन्धुली, २४ बैशाख २०७८

सिन्धुलीमा शुक्रबार कोरोना सङ्क्रमित ८ वर्षीय बालकको मृत्यु भएको छ । बालकको सिन्धुली अस्पतालमा उपचार गराई रहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय सिन्धुलीका सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले बालकको बैशाख २१ गते स्वाब सङ्कलन गरिएकोमा सिन्धुलीको ल्याब मेसिन बिग्रिएकाले स्वाब परीक्षण गर्न धुलिखेल पठाएकोमा आज बिहान पोजेटिभ रिपोर्ट आएको उहाँको भनाई छ ।

बिहानै रिपोर्ट आएपनि बालकको बिहान ११ बजे अस्पतालमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सिन्धुलीमा यस अघि तिनपाटन गाउँपालिकाकी एक महिलाको मृत्यु भएको थियो ।

 

Comment here