जीवन सैलीप्रदेशसमाचार

दुधौलीमा सङ्क्रमण फैलिएपछि प्रजिअ न्यौपानेद्धारा स्थलगत निरीक्षण

सिन्धुली, २३ बैशाख २०७८
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहित सुरक्षा निकायका प्रमुखहरूले बिहीबार दुधौली नगरपालिकामा स्थलगत निरीक्षण गर्नु भएको छ ।

दुधौली नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूको स्थलगत निरीक्षण गरिएको हो ।

जिल्लामा १६३ जना सङ्क्रमित हुँदा दुधौली नगरपालिकामा ६८ जना सङ्क्रमित रहेका छन् । दुधिलीमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थलगत रूपमा यहाँको अवस्थाको निरीक्षण गरिएको प्रतिअ न्यौपानेले जानकारी दिनुभयो ।

दुधौली नगरपालिकाले कोरोनाकोङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी, सङ्क्रमण फैलिएका वडाहरूमा सिल, क्वारेनटाइन, आइसोलेसन निमार्ण, मास्क वितरण, जनचेतनाका कार्यक्रम जस्ता गतिविधि भएको पाइएको उहाँले बताउनुभयो ।

दुधौली नगरपालिकामा सङ्क्रमणको आधारमा हाल सम्म ५ बेडको मात्र आइसलेसन बेड रहेकाले तत्काल १० बेड थप गर्न निर्देशन दिइएको प्रतिअ न्यौपानेले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण फैलन नदिन दुधौली नगरपालिकाले गरेको जस्तै प्रयास अरू स्थानीय तहले पनि गरे जिल्लामा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने उहाँको भनाई रहेको छ ।
कोरोनाको सङ्क्रमणको अवस्था बारे दुधौलीका वडा नं. १, २, ४ र १० का वडा अध्यक्ष, दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखसँग नगरपालिकाका गतिविधिका बारेमा जानकारी लिइएको र निषेधाज्ञा पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको थियो ।
वडा नंं १ मा भारतबाट एक जना व्यक्ति घर आउनु भएको रहेछ, उहाँ क्वारेन्टाईनमा नबसी सिधै घर जानु भएको र उहाँ बाटै २७ जना सम्ममा कोरोना सङ्क्रमण फैलिएको पाइयो प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो । स्थानबाट पनि आउने र क्वारेन्टाईनमा नबसी सिधै घर परिवारमा पुग्दा सङ्क्रमण बढ्दो अवस्थामा रहेको उहाँले भन्नुभयो ।

नगरपालिकाले क्वारेन्टाईनको निर्माण गरेको भए पनि कसैलाई जानकारी नदिई सिधै घर जाँदा सङ्क्रमण फैलिएको पाइएको रहेछ, नगरपालिकाका पछिल्ला सक्रियताले दुधौली नगरपालिकामा सङ्क्रमण दरमा कमी आउने अपेक्षा गरेका छौ प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो ।

उहाँले भन्नु भयो नगरपालिकाले गरेको प्रयास राम्रो छ, यस्ता प्रयासलाई निरन्तरता दिने र नगरपालिका आफैले जारी गरेको निषेधाज्ञालाई नगरवासीले पूर्ण रूपमा पालना गरे दुधौली नगरपालिकामा फैलिएको सङ्क्रमणमा कमी आउने उहाँले बताउनुभयो ।
बिहीबार गरिएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले पनि स्थलगत रूपमा निरीक्षण गरेका थिए ।

Comment here