जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा कति सङ्क्रमित, कति निको भए (पछिल्लो विवरण)

सिन्धुली, २३ बैशाख २०७८

सिन्धुली जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १६३ पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहरबाट हाल सम्म १६३ जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित हुनेमा दुधौली नगरपालिकामा ६८ जना कमलामाई नगरपालिकामा ६८ जना, सुनकोसी गाउँपालिकामा १३, मरिण गाउँपालिकामा ६, तीनपाटन गाउँपालिकामा ५, गोलन्जोर गाउँपालिकामा २ जना र फिक्कल गाउँपालिकामा १ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय सिन्धुलीका सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्म कमलामाई नगरपालिकामा ५ मरिणमा १ जना कोरोना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने तीनपाटन गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोसी गाउँपालिका र मरिण गाउँपालिका गरि २२५ वटा स्वाब परीक्षण गर्न बाँकी रहेको उहाँको भनाई रहेको छ ।

दोस्रो लहरमा ३२० जनाको स्वाब सङ्कलन गरि कोरोना परीक्षण गरेकोमा १६३ जनामा पोजेटिभ र १५७ जनामा नेगेटिभ देखिएको छ ।

Comment here