प्रदेशसमाचार

अंश मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुली, २३ बैशाख २०७८

सिन्धुलीमा अंश मुद्दाका फरार प्रतिबादीहर पक्राउ परेका छन् । कमलामाई नगरपालिका ४ कुडुलेका २० वर्षीय रन्जेश विक्रम बुढाथोकी र २४ वर्षीय राजेन्द्र विक्रम बुढाथोकी पक्राउ परेका हुन् ।

अंश मुद्दामा जिल्ल अदालत सिन्धुलीले २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीहरू उपर जनही रु १५ हजार ८२३ नपुगी कोट फी जरिवाना भई उनीहरू फरार रहेकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

उनीहरूलाई खोज गर्दै जाँदा कमलामाई ४ स्थितमा बाटोमा फेला पारी पक्राउ गरी आवश्यक कारबाहीको लागि .सिन्धुली अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

Comment here