प्रदेशबागमतिसमाचार

डकाहा बजारमा अनुगमन, अखाद्य सामाग्री बरामद गरि नष्ट

दुधौली, २२ बैशाख २०७८
सिन्धुलीको दुधौली नगरपालिका स्थित वडा नम्बर ४ डकाहा बजारका पसल, होटलहरुमा बुधवार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले संयुक्त अनुगमन गरेको हो ।
अनुगमन टोलीले बुधवार डकाहा बजारमा रहेका १० साना ठुला किराना पसल, होटेल, मासु पसल लगायतमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा म्याद गुज्रेको सुजी, चिउरा, पेय पदार्थ, चाउमिन लेबल कायम नगरी बिक्रीको लागी राखिएको पापड, बिग्रिएको नरिवल, छोकडा, धेरै रङ्ग मिसावट भएको खधान्न सामाग्री, होटेल तथा रेस्टुरेन्टमा प्रयोग गरिने मिश्री अनुमनटोलीको निगरानीमा व्यवसायीलाई नष्ट गर्न लगाइएको जिल्ला प्रशासन कार्यालयका लोकेन्द्र भण्डारीले बत्ताउनुभयो ।

अनुगमनबाट करिब ३० हजार रकम बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको उहाँको भनाई रहेको छ । विश्वव्यापी रूपमा फैपलएको कोरोना कहरमा अखाद्य बस्तुको बिक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा दर्ता विना पसल तथा व्यवसाय संचालन गरेको पाइएको घरेलु तथा साना उद्योगका अधिकृत कुमार गौतमले बताउनुभयो । अनुमति पत्र नलिएका र नियम पुरा नभएका पसल सञ्चालकहरूलाई ७ दिनभित्र प्रक्रियामा जान समय दिइएको उहाँको भनाई रहेको छ ।

व्यवसायीलाई मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडेलले बत्ताउनुभयो । बजारहरूमा अखाद्य र अवैध सामाग्री बेचबिखन गरेको गुनासो आउन थाले पछिल्लो समय बजार अनमनलाई तीव्रता दिएको उहाँको भनाई रहेको छ ।

अनमनका क्रममा म्याद गुज्रेका तथा लेबल नराखी विक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुलाई जफत गरि नष्ट गरिएको उहाँको भनाई रहेको छ । विगतमा गरिएको अनमनमा व्यवसायीलाई सुधार गर्न निर्देशन दिँदै आएको समितिले अवका दिनमा अनुगमनलाई कडाइ गरिने जानकारी दिनुभयो ।

Comment here