जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा २ जना कोरोना सङ्क्रमित कोरोनामुक्त

सिन्धुली, २२ बैशाख २०७८

सिन्धुलीमा कोरोना भाइरस कोभिड–१९ को नयाँ रुप भेरिएन्टबाट सङ्क्रमित भएका मध्ये आज (बुधवार) निको भएर दुई जना डिस्चार्ज हुने भएका छन् । आइसोलेसनमा नै बस्दै आउनु भएका दुई जनाको पुनः स्वाप परीक्षण गर्दा मंगलबार राती नेगेटिभ नतिजा आएपछि उहाँहरू डिस्चार्ज हुन लाग्नु भएको हो ।

स्रोतका अनुसार डिस्चार्ज हुनेमा कमलामाई नगरपालिकाको १ जना, मरिण गाउँपालिकाको १ जना रहनु भएको छ । यो सँगै कोभिडको दोस्रो लहरबाट सङ्क्रमित भएका मध्ये डिस्चार्ज हुनेको सङ्ख्या ३ पुग्ने छ ।

Comment here