जीवन सैलीप्रदेशसमाचार

कोरोनाको दोस्रो लहरमा १६० सङ्क्रमित

सिन्धुली, २२ बैशाख २०७८

सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ । मंगलबार राती आएको पछिल्लो रिपोर्ट अनुसार ४७ जनामा पोजेटिभ देखिएपछि सङ्क्रमितको सङ्ख्या १६० पुगेको हो ।

सङ्क्रमित हुनेमा दुधौली नगरपालिकामा ३३, मरिण गाउँपालिकामा २ र अन्य १२ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीका सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले दिनु भएको जानकारी अनुसार बैशाख २० गते सिन्धुली अस्पतालले सङ्कलन गरेको स्वाब परीक्षण गर्दा १२ जनामा नै पोजेटिभ देखिएको छ ।

यस्तै बैशाख २० गते दुधौली नगरपालिकाबाट ४३ जनाको स्वाब प्राप्त भएकोमा ४० को परीक्षण गर्दा २२ जनामा पोजेटिभ देखाएको र ३ वटा स्वाब परीक्षण गर्न बाँकी रहेको छ ।

यस्तै बैशाख २१ गते दुधौली नगरपालिकाबाट प्राप्त १४ वटा स्वाब परीक्षण गर्दा ११ जनामा पोजेटिभ रिपोर्ट आएको उहाँको भनाई रहेको छ । मरिण गाउँपालिकाबाट प्राप्त स्वाप परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ ।

Comment here