प्रदेशसमाचार

सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रशासनिक काम बन्द

सिन्धुली, २१ बैशाख २०७८

सिद्धेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सिन्धुलीले बैशाख २२ गते बुधवार देखी प्रशासनिक काम बन्द गर्ने भएको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमाण फैलँदै गएकाले सङ्क्रमण फैलन नदिन प्रशासनिक काम बन्द गरेको हो ।

संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले मङ्गलवार जारी गरिएको सूचनामा विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नयाँ भेरियन्टको प्रभाव र असर हाम्रो सेवा क्षेत्र भित्र पनि देखिन थालेको हुँदा सम्पूर्ण ग्राहक मानुभावहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस सिद्धेश्वर खानेपानी सरसफाइ उपभोक्ता संस्थाको कार्यालयबाट प्रदान गरिने प्रशासनिक संक्रमणसेवा बैशाख २२ गते देखि बैशाख २९ गते सम्म बन्द रहने उल्लेख गरिएको छ ।

साथै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नु समेत श्रेष्ठले सूचना मार्फत अपिल गर्नु भएको छ । यस विषम परिस्थितिबाट हतोत्साहित नभईकन उच्च मनोबलको साथ स्वस्थ रही क्रियाशील र सुरक्षित रहनु अनुरोध गर्दै खानेपानीको मासिक महसुल अनलाइन ई सेवा मार्फत बुझाउन सकिने उहाँले बताउनुभयो ।

 

Comment here