प्रदेशबागमतिसमाचार

प्रशासनद्वारा कमलामाईमा एक साताका लागि निषेधाज्ञा

सिन्धुली, २१ बैशाख २०७८

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकामा एक साताका लागि निषेधाज्ञा घोषणा गरेको छ । बैशाख २२ गते बुधवार राती १२ बजे देखी बैशाख २९ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

महामारीको रूपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण बढ्दै गहिरोकाले कमलामाई नगरपालिकाका १४ वटै वडा मा निषेधाज्ञा घोषणा गरिएको हो ।

औषधी तथा औषधीजन्य पसल (२४ सै घण्टा बुल्ला रहने, पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दूध/डेरी, ग्याँस पसल बिहान ७ः०० बजे देखि १०ः०० बजे सम्म संचालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।

विवाह, व्रतबन्ध, न्वारन, मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यक्रममा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ (जनामा सिमित भई निजी घरमा नै सम्पन्न गर्ने, डी.जे. तथा ब्यान्ड बाजा बजाउन पाइने छैन ।
औषधी उपचार एवं अत्यावश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन, निस्किनै पर्दा अनिवार्य रूपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्नु पर्नेछ । मठ मन्दिरहरूमा पुजारीले नित्य पूजा बाहेक अन्य सामूहिक पूजा गर्न पाइने छैन साथै मेला महोत्सव समेत गर्न पाइने छैन ।

हाटबजार नलगाउने, खेलकुद प्रतियोगिता नगर्ने, सार्वजनिक स्थलमा जम्मा नहुने भिडभाड गर्नुहुने छैन । कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशमा उल्लेख गरिएको छ ।

Comment here