बिचार

सबै जुटौँ, कोभिडलाई नियन्त्रण गरौँ : उपमेयर देवकोटा

कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले सबै जुटौँ, कोभिडलाई नियन्त्रण गर्ने कार्यमा जुट्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएको भन्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो

कमलामाई नगरवासी आदर्णिय आमा बुबा,दाजुभाइ दिदीबहिनीहरू, कर्मचारी मित्रहरू, स्वास्थ्यकर्मी मित्रहरू, सुरक्षाकर्मी मित्रहरू विभिन्न राजनीतिक व्यक्तित्वहरू, पत्रकार मित्रहरू, बुद्धिजीवी, व्यापारी, किसान, मजदुर, युवा महिला, शिक्षा क्षेत्रका व्यक्तित्वहरू, विद्यार्थी भाइबहिनीहरू, रेडक्रसकर्मी मित्रहरू, विभिन्न सङ्घ संस्था कार्यालयका मित्रहरू, साथै स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नागरिकहरू सबैलाई स्मरण छ । गत वर्ष २०७६/१२/११ गते नेपालमा भित्रिएको कोरोना भाइरसले आम नेपाली नागरिकहरूमा ठुलो जोखिम व्यहोर्नु परेको थियो । सबै पक्षबाट समयमै रोग नियन्त्रणका उपायहरू खोज अनुसन्धान गरि छिटो उपचारमा लैजाने व्यवस्थापन गरि कोरोना सङ्क्रमित हुनबाट नियन्त्रण गर्न तीन वटै तहका सरकार, आम नागरिक सफल भएको लगतै १ वर्षको उहीँ समय २०७७ चैत बाट नै यो रोग कोभिड–१९ पहिले भन्दा केही फरक लक्षण रूपमा तीव्र गतिमा धरै सङ्ख्यामा सङ्क्रमण भइरहेको छ । यो रोगको बढी महामारीको रूपमा फैलिरहेको अवस्थामा हामी सबैले सचेत हुनुपर्छ । रोग नियन्त्रण गर्न आ– आफ्नो स्थानबाट सबैलाई सुरक्षित रहन मास्क, स्यानिटाइजर, ग्लोव्स, साबुन पानीले ५ देखि ७ मिनेट सम्म मिचिमिची हात धुने, ताजा खाना खाने, सामाजिक, दुरी भौतिक दुरी कायम गर्ने, सभा भेला समारोहमा नजाने, सरसफाइमा ध्यान दिने, स्वच्छ सफा पानी पिउने हरेक स्थानमा घरबाट बाहिर जाँदा सुरक्षित भएर जाने, व्यापक जनचेतना फैलाउने, आवश्यक काम बाहेक बाहिर नजाने, बालबच्चाहरू, दिर्घरोगीहरूको, जेष्ठ नागरिक, वृद्ध वा आमा, अपाङ्गता भएका व्यक्ति असक्त, असहाय, टुहुराहरूको अत्यन्तै ख्याल गर्ने तपाई हामी सबैको पहिलो जिम्मेवारी हो । सबै जुटौँ, कोभिडलाई नियन्त्रण गरौँ । धन्यवाद ।

मञ्जु देवकोटा
नगर उप प्रमुख
कमलामाई नगरपालिका

Comment here