प्रदेशसमाचार

भिडभाड बढेपछि मालपोत र नापीको सेवा बन्द

सिन्धुली, २० बैशाख २०७८

भिडभाड बढेपछि मालपोत कार्यालय सिन्धुली र नापी कार्यालय सिन्धुलीले सूचना जारी गर्दै कार्यालयको सेवा बन्द रहने जनाएका छन् ।
कोभिड १९ को नयाँ भेरिएण्टबाट जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसङै कार्यालयले अत्यावसेक बाहेकका अन्य सेवा बन्द गरेका हुन् ।

मालपोत कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीको अत्यधिक भिडभाड रहने भएकाले सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै पुर्ववत रूपमा दिइने सेवा प्रवाह गर्न नसकिने जनाएको छ । मङ्गलवार देखी बैशाख २८ गते सम्म कार्यालयको आन्तरिक प्रशासन र अत्यावसेक सेवा बाहेकका अन्य सेवा बन्द रहने सूचना अधिकारी पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।

यस्तै नापी कार्यालय सिन्धुलीले पनि एक सूचना जारी गर्दै संक्रमाण फैली रहेकाले कार्यालयबाट प्रवाह हुने अत्यावसेक तथा आन्तरिक र व्यस्थापकिय सेवा बाहेक भिडभाड हुने प्रत्यक्ष जनसरोकारका सेवा बैशाख २१ गते देखी २८ गते सम्म बन्द रहने जानकारी गराएको छ ।

Comment here