जीवन सैलीसमाचार

सिन्धुलीको भिमस्थानमा आवतजावत रोक

सिन्धुली, २० बैशाख २०७८

सिन्धुलीको तीनपाटन गाउँपालिका २ भिमस्थानमा आवतजावत रोक लगाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएण्ट फैलिएको र सङ्क्रमण देखिएसँगै सङ्क्रमित को निधन समेत भएकाले त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शाखामाडी पुल देखी भिमस्थान गैरी बजार सम्म दायाँ बायाँ ५०० मिटर सम्म आवतजावत नगर्न अनुरोध गरिएको छ । आवतजावत सहज बनाउन चदाहा बगर खोलाको बाटो प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सिन्धुलीमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु (यो पढ्न क्लिक गर्नुहोस)

Comment here