प्रदेशसमाचार

बाख्रा पालन सम्बन्धी सात दिने तालिम सम्पन्न

सिन्धुली, २० बैशाख २०७८

सिन्धुलीको कमलामाई नगरपालिका १३ वयरवनमा सात दिने तालिम सम्पन्न भएको छ । बैशाख १३ गते बाट सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।

कमलामाई नगरपालिकाकी उप–मेयर एवं कृषि समितिकी संयोजक मञ्जु देवकोटाको अध्यक्षतामा तालिम समापन गरिएको हो ।
तालिममा कमलामाई वडा नं १३ र १४ का विपन्न वर्गका २० जना कृषकहरूको सहभागिता रहेको कमलामाई नगरपालिकाले जनाएको छ । तामिलमा सहभागीहरूलाई कमलामाई नगरपालिका पशु विकास शाखाका प्रमुख मीन बहादुर थापाले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी कृषकहरूलाई तालिम पश्चात् व्यवसाय बाख्रा पालन गरि आफ्नो जीवन स्तरोन्नति गरुन् भनेर सहभागी कृषकहरूलाई व्यवसाय स्थापना खर्चको लागी १५ हजार अनुदान दिइएको कृषि समिति संयोजक एवं उपमेयर देवकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर खड्ग बहादुर खत्री कनपा वडा नं १३ र १४ का वडा अध्यक्ष, सामाजिक विकास शाखाका शाखा प्रमुख, कर्मचारी र कृषकहरूको सहभागी रहेको थियो ।

Comment here