जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

सिन्धुली, २० बैशाख २०७८

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर २ की एक ८० वर्षीय महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पछि होम आइसोलेसनमा बस्दै आउनुभएकी महिलाको आइतबार मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण पछि उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकी महिलालाई परिवारले घर लगेका थिए । सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

Comment here