जीवन सैलीप्रदेशबागमतिसमाचार

दोस्रो लहरमा सिन्धुलीका कुन–कुन स्थानीय तहमा कति संक्रमित

सिन्धुली, १८ बैशाख २०७८

सिन्धुलीमा हाल सम्म ९५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । नौ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा गरि कुल ९५ जना संक्रमित भएका हुन् ।

जिल्लाको कमलामाई नगरपालिकामा ४७ जना, दुधौलि नगरपालिकामा २९ जना, सुनकोसी गाउँपालिकामा १३ जना, तीनपाटन गाउँपालिकामा ३ जना, मरिण गाउँपालिकामा २ जना र फिक्कल गाउँपालिकामा १ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय सिन्धुली का सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले जानकारी दिनुभयो ।

संक्रमित मध्ये ४ जना १५ वर्ष मुनिका बालबालिका, तीन जना स्वास्थ्यकर्मी र अन्य गरि जिल्लामा सङ्क्रमितको सङ्ख्या ९५ पुगेको हो । कुल संक्रमित मध्ये हाल सम्म यस अघि संक्रमित नभएका हुन् ।

यसैबिच शनिवार सिन्धुलीमा २३ जना कोरोना भाइरसबाट सङ्क्रमित थपिएका छन् । सुनकोसी गाउँपालिका ५ मा १२ जना, दुधौली नगरपालिकाको ३,५ र ११ मा गरि १० जना र कमलामाई नगरपालिकामा १ जना सङ्क्रमित भएका छन् । सुनकोसी गाउँपालिकामा २० जनाको स्वाब परीक्षण गर्दा १२, दुधौलीको १९ जनाको स्वाब परीक्षण गर्दा १० र कमलामाई नगरपालिकाको २ जनाको स्वव परिक्ष्ँण गर्दा १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here