जीवन सैलीप्रदेशबागमतिसमाचार

सिन्धुलीमा हाल सम्म ४२५ जना सङ्क्रमित, ४ जनाको मृत्यु

सिन्धुली, १७ बैशाख २०७८

पछिल्ला केही दिन यता सिन्धुलीमा कोरोना भाइरस बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो अवस्थामा रहेको छ । जिल्लामा बिहीबार कोरोना भाइरसका १७ जना सङ्क्रमितहरू थपिएका छन् । यो सँगै जिल्लामा हाल सम्म दोस्रो चरणमा ५४ जना कोरोना सङ्क्रमित बनेका छन् ।

यो सँगै हाल सम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय २५ जना पुगेको छ । बुधवार कोरोना परीक्षणको लागी ४७ जनाको स्वाब सङ्कलन गरिएको थियो । ४७ जनाको स्वाब परीक्षण गर्दा बिहीबार १७ जनाको

रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका सिआईसिटी जनस्वास्थ्य अधिकृत कुन्दन चौधरीले बताउनुभयो ।
बिहीबार सम्ममा जिल्लामा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५५ पुगेको कार्यालयले जनाएको छ । नयाँ सङ्क्रमित हुनेमा कमलामाई नगरपालिकाको ९ जना, दुधौली नगरपालिकाको ६ जना, मरिण गाउँपालिकाको १ जना र सुनकोसी गाउँपालिकाको १ जना रहेका छन् ।

कोरोना भाइरसबाट सिन्धुली जिल्लाभर हाल सम्म ४ सय २५ जना सङ्क्रमित भएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले बताएका छन् । जिल्लाभर हालसम्म ४ हजार ४ सय ६३ जनामा पिसिआर विधिबाट गरिएको परीक्षणमा उक्त सङ्क्रमित फेला परेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

कोरोना सङ्क्रमणका कारण हाल जिल्लाका ४ जनाले ज्यान गुमाइ सकेको सूचनामा उल्लेख गरिएको छ । ज्यान गुमाउनेहरू सबै पहिलो चरणका कोभिड सङ्क्रमितहरू रहेका छन् ।

Comment here