प्रदेशसमाचार

एआरटी औषधी सेवनकर्तालाई खाद्यान्न वितरण

सिन्धुली, १७ बैशाख २०७८

जिल्लाको कमलामाई नगरपालिका भित्र बसोबास गर्ने एआरटी सेवनकर्ताहरूलाई बिहीबार खाद्यान्न वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सिन्धुली प्लस, सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरिएको हो । सिन्धुली प्लसका अध्यक्ष सुजन थापाको अध्यक्षतामा भएको कार्यक्रममा कमलामाई नगरपालिका–५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का, महिला विकास अधिकृत सत्यदेवी अधिकारी, सामाजिक विकास शाखा प्रमुख बिन्द्रलाल माझी , महिला विकास शाखाकी नायवसुव्बा राधा कोइराला, पत्रकार विदुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्काले नगरपालिका भित्र बसोबास गर्ने असहाय , पीडित नागरिकलाई सहयोग गर्नु कर्तव्य भएको बताए । नगरपालिकाले आगामी दिनमा पनि एआरटी सेवनकर्ताहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो औषधी सेवन गर्नेहरूको सबैभन्दा ठुलो औषधी भनेको आत्मविश्वास भएकाले यसलाई द¥हो बनाउनु पर्ने बताए । यो अन्य रोग जस्तै सामान्य भएकाले आत्तिनु नपर्ने उनले बताए ।

नगरपालिका भित्र बसोबास गर्ने २७ जना एआरटी सेवनकर्तालाई खाद्यान्न वितरण गरिएको सिन्धुली प्लसकी पारामेडिकल रिना खतिवडाले बताइन । कार्यक्रमको संचालन भने संस्थाकी टिमलिडर मैनाकुमारी मगरले गरेकी थिइन ।

Comment here