प्रदेशसमाचार

सिन्धुलीका नौ वटै तहमा तोकिए स्काउटका संयोजक

सिन्धुली, १५ बैशाख २०७८

सिन्धुलीका नौ वटै स्थानीय तहमा नेपाल स्काउटका संयोजकहरू तोकिएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सबै स्थानीय तहमा संयोजक तोकेको हो ।

जसमा कमलामाई नगरपालिकाको संयोजकमा भवानी देवकोटा, दुधौलि नगरपालिकामा तुलसीराम सापकोटा, गोलन्जोर गाउँपालिकामा अभिलाषा कोइराला, घ्याङलेख गाउँपालिकामा छविलाल पाख्रिन, तीनपाटन गाउँपालिकामा नवराज दाहाल, फिक्कल गाउँपालिकामा केशव बराल, मरिण गाउँपालिकामा अनिता माझी, सुनकोसी गाउँपालिकामा कृष्णराज आचार्य र हरिहरपुरगढी गाउँपालिकामा सत्यमान मोक्तानले संयोजकको जिम्मेवारी पाउनु भएको छ ।

Comment here