प्रदेशसमाचार

सिन्धुलीमा घाँस काट्न जाँदा लडेर एकको मृत्यु

सिन्धुली, १५ बैशाख २०७८

सिन्धुलीको कमलामाई नगरपालिका २ ढुङग्रेभञ्ज्याङमा घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु भएको छ । ढुङग्रेभञ्ज्याङ निवासी ५८ वर्षीय फडिन्द्र कुमार श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिनु भएको जानकारी अनुसार बुधवार बिहान घाँस काट्न जानु भएको फडिन्द्र अबेर सम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा मृत अवस्थामा फेला पारेको जानकारी दिनुभयो ।

Comment here