प्रदेशसमाचार

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली, १५ बैशाख २०७८

सिन्धुलीको कमलामाई नगरपालिका ८ करकरेमा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर बाँके जिल्ला राप्तीसुनारी गाउँपालिका ९ निवासी अन्दाजी २३ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले विद्युत् बनाउन हाई टेन्सनको टावरमा चडनु भएका विशाललाई अचानक करेन्ट लागेको जानकारी दिनुभयो । करेन्ट लाग्दा करेन्टले विशाललाई तारमा नै झुन्डाएको थियो । साथै उहाँसँगै काम गर्ने सोही ठेगाना भएका २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको र उहाँको अवस्था भने सामान्य नै रहेको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो ।

मृतक विशालको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here