प्रदेशबागमतिसमाचार

गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दुधौलीमा बाख्रा वितरण

सिन्धुली १५ बैशाख २०७८
गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ४/५ मा बाख्रा तथा पाठा पाठी वितरण गरिएको छ । यस आर्थिक वर्षको निर्धारित कार्यक्रम अन्तर्गत वर्गलाई बाख्रा र पठापाठी वितरण गरिएको हो ।

आज (बुधवार) जिल्ला समन्वय कर्ता, वडा अध्यक्ष, वडा सचिव लगाएत सरोकारवालाहरुकोउपस्थितिमा बाख्रा वितरण गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत जिल्ला समन्वय कर्ता सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

समूहका बाकी सदस्यलाई अबको केही महिना पछि समूहका सम्पूर्ण सदस्यलाई दिने उहाँको भनाइ रहेको छ । ७ वटा समूहमा ९० जना सदस्य रहेका छन् । गरिबिको रेखामुनि रहेका नागरिकहरूको जीवन स्तर माथि उठाउन सहयोग पुर्‍याउने उद्देश्यले बाख्रा वितरण गरिएको उहाँको भनाई रहेको छ । यस कार्यक्रमले विपन्न वर्गहरूको जीवन स्तर माथि उठाउन आय अर्जनका व्यवसायमा लाग्न प्रेरित गर्ने पनि उहाँको भनाई छ । कार्यक्रम लागु भए पश्चात् समूहमा आबद्ध सबै सदस्यहरूलाई बिस्तारै बाख्रापालन व्यवसाय तर्फ आकर्षित गर्ने पनि उहाँको भनाई रहेको छ ।

Comment here