प्रदेशसमाचार

तिनपाटन१ बेलघारी वडा कार्यालयको भबन उदघाटन

सिन्धुली १४ बैशाख / सिन्धुलीको तिनपाटन गाउपालिका १ बेलघारीको वडा कार्यालयको भवन उदघाटन गरिएको छ । भबनको बागमती प्रदेशका सदस्य प्रदीप कटुवालले उदघाटन गर्नु भएको हो ।

भबन उदघाटन कार्यक्रममा गाउपालिका अध्यक्ष कर्णबहादुर मगर, उपाध्यक्ष पदममाया तामाङ, नेकपा एमाले गाउकमिटी अध्यक्ष छत्र दहाल, जग्गादाता बोधराज पौडेल, नेपाल रास्टिय शिक्षक संगठन कमलामाई नगरपालिकाका अध्यक्ष बिष्णु  प्रसाद फुयाल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बक्ताहारुले सेवा प्रबाहमा विभेद नगर्न, र सेवाग्राहीलाई कार्यलयमा प्रवेश गर्दा आफ्नै कार्यालयको रुपमा लिना आग्रह गरेका थिए । कर्यालयमा कम्पाउण्ड र शौचालयको ब्यबस्थापन गरिदिन आग्रह गरेका थिए ।

स्थानीय बोधराज पौडेलले १ कठ्ठा जाग्गा प्रदान गरेपछीतत्कालीन शान्ति तथा पुनः निर्माण मन्त्रालय स्थानीय शान्ति समिति सिन्धुलीको १७ लाख र गाउपालिकाको ३० लाख लागतमा सभाहल सहित चार कोठे पक्की भबन निर्माण गरिएको छ ।

Comment here