प्रदेशसमाचार

सिन्धुलीमाढी–खट्टार खण्डमा सडक स्तरउन्नति गर्न बन्यो सहमति

सिन्धुली, १२ बैशाख २०७८

मदन भण्डारी राजमार्ग अन्र्तगत कमलामाई नगरपालिकामा विवादित अवस्थामा रहेको सडक स्तरोन्तीको कार्यले अव गति पाउने भएको छ । खट्टार देखि बिपी राजमार्ग सम्मको सडक खण्ड अब धुरा बजार हुँदै अघि बढ्ने भएको हो ।

विगत लामो समय देखी स्थानीय बिबादका कारण सडकको स्तरोन्नति गर्न अवरोध हुँदै आएको सडक मापदण्ड अनुसार ११ मिटर फराकिलो बनाउँदै स्तर उन्नति गरेर समस्या समाधान गर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा छलफलमा प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेल, बागमती प्रदेश सभा सदस्य विनोदकुमार खड्का, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक अमेश विन्दु श्रेष्ठ, आयोजना प्रमुख राजेन्द्र दास, सिडिइ नातिवावु खड्का र इन्जिनियर सिशवसरण तिमिल्सिना सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले धुराबजार देखी बिपी राजमार्ग सम्म उपलब्ध चौडाइमा सडक स्तरोन्नति कार्य गर्ने, खट्टारबाट बिपी राजमार्ग जोड्ने गरी वैकल्पिक राजमार्ग अर्थात् वाई पास सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने र ग्वाङ्ग खोला पुलको निर्माण कार्य निर्धारित रूपमा तत्काल अगाडी बढाउने समेत निर्णय गरेको छ ।

 

Comment here