जीवन सैलीसमाचार

सिन्धुलीमा कोभिड १९ विरुद्धको दोस्रो डोज खोप अभियान सम्पन्न

सिन्धुली, १२ बैशाख २०७८

सिन्धुलीमा गत मङ्गलवार देखी सुरु भएको कोभिड १९ विरुद्धको दोस्रो डोज खोप अभियान शनिवारबाट सम्पन्न भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा पहिलो चरण अन्तर्गत पहिलो खोप लगाउनेहरूलाई गएको मङ्गलवार देखी दोस्रो डोज खोप संचालन गरिएको थियो ।
दोस्रो जोड जिल्लाका एक हजार छ सय नौ जनाले लगाएको कार्यालयले जनाएको छ ।

पहिलो चरण अन्तर्गत पहिलो लटमा एक हजार ९९ जना र दोस्रो लटमा एक हजार ७० जनालाई कोरोना विरुद्धको खोप लगाएका थिए । जस मध्य १ सय ३८ जनालाई यस अगाडी नै दोस्रो डोज खोप लगाई सकिएको थियो ।

Comment here