सिन्धुली, १२ बैशाख २०७८
जिल्लामा पछिल्लो लहरको कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या १३ पुगेको छ । शनिवार ६ जना कोभिड १९ सङ्क्रमित थपिएसँगै जिल्ला दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको सिन्धुली अस्पतालले जनाएको छ ।
जिल्ला स्थित सिपिआर परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षण मा शनिवार ६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
सिन्धुली अस्पतालका कोभिड –१९ का प्रवक्ता डा. सागर देवकोटाका अनुसार १३ जनामा गरिएको परीक्षणमा ६ जनाका सङ्क्रमण देखिएको हो । सक्रमण हूनेहरुमा कमलामाई नगरपालिका –४ का दुई जना पुरुष र दुई जना महिला रहेका छन् ।
यसै गरी वडा नं. –२ का एक पुरुष, दुधौली नगरपालिका १ का एक जनामा कोभिडको सङ्क्रमण देखिएको प्रवक्ता देवकोटाले जनाएका छन् ।
Comment here