प्रदेशसमाचार

निरीह प्रशासन र अराजक व्यवसायी अनि जनता

सिन्धुली, ११ बैशाख २०७८

पछिल्लो समयमा सिन्धुलीमा पनि कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरू बिस्तारै थपिँदै गएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र सिन्धुलीले हाटबजार बन्द गर्ने निर्णय गरेको थियो ।

केन्द्रको बैशाख ८ गतेको बसेको बैठकले हाटबजार लगायत जिल्लका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस लगायत मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

न मास्कको प्रयोग छ न भौतिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नै ? जिल्लामा लाग्ने शनिबारे हाटमा यस्तै दृश्य देखिन्थे । प्रशासनले हाट बजार बन्द गर्ने निर्णय गरेको बारे जानकार रहे पनि प्रशासनलाई खुलेआम चुनौती दिँदै यस्ता गतिविधि गर्दा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भने फैलने त्रास बढ्दो अवस्थामा रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफैले गरेको निर्णय समेत कार्यान्वयन गर्न सकेको छैन । भने नागरिकले आफ्नो कर्तव्य भुलेर कोरोनालाई गरेको हेलचेक्राईले जिल्लमा कोरोना भाइरस तीव्र रूपमा फैलने जोखिम भने बढ्दो अवस्थामा रहेको छ ।

Comment here