प्रदेशसमाचार

सिन्धुलीमा घरेलु मदिरा नष्ट

सिन्धुली, १० बैशाख २०७८

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मदिरा बनाउने कच्चा पदार्थ र घरेलु मदिरा नष्ट गरेको छ । कमलामाई नगरपालिका ४ धुराफाँट, मिलनचोक लगाएतक स्थानबाट मदिरा बरामद गरि नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र उद्योग वाणिज्य सङ्घ सिन्धुलीको संयुक्त टोलीले गरेको अनुगमन तथा चेकजाँचबाट मदिरा बनाउने २६० लिटर कच्चा पदार्थ र ४० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

Comment here