प्रदेशबागमतिसमाचार

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, प्रहरी जवान सहित तीनको मृत्यु

सिन्धुली, १० बैशाख २०७८

यहाँको कमलामाई नगरपालिका १४ चन्दनपुरमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मुत्या भएको छ । भिमान बाट दुधौली तर्फ जाँदै गरेको प्रदेश २–०१-००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटर साइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुधौली नगरपालिका ४ का २६ वर्षीय यमकुमर दनुवार र उहाँको भतिज १३ वर्षीय आषिस कुमार दनुवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवानमा कार्यरत रहनु भएको थियो ।

यस्तै दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिदकुमर दनुवारको उपचाका लागि सिन्धुली अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भएको घोषणा गरेको प्रहरी प्रवक्ता समेत रहनु भएका लामाले जानकारी दिनुभयो । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here