प्रदेशबागमतिसमाचार

एक हप्ताका लागि लकडाउन

सिन्धुली, १० बैशाख २०७८

जिल्लाको दुधौली नगरपालिकाले एक हप्ताका लागि लकडाउन गरेको छ । नगरपालिकाले ३ वटा वडामा लकडाउन घोषणा गरेको हो ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले बैशाख १० गते देखी १७ गते सम्म नगरको वडा नं. १, २ र ४ मा लकडाउन गर्ने निर्णय अनुसार शुक्रवारबाट लकडाउन गरिएको मेयर घनश्याम राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढी फैलन सक्ने भन्दै लागु गरिएको लकडाउन अवधि भर त्यस क्षेत्रमा अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसल बाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरू, वडा कार्यालय (वडा नम्बर ४ बाहेक) बजार, होटेल, यातायातका सेवा र अन्य व्यवसायहरू पनि बन्द रहने छ ।
बुधवार दुधौली नगरपालिका वडा नम्बर १ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

Comment here