प्रदेशसमाचार

लाखौँ मूल्य बराबरको कपडा बरामद

सिन्धुली ८ बैशाख २०७८

सिन्धुलीमा प्रहरीले लाखै मूल्य बराबरको कपडा बरामद गरेको छ । सुनकोसी गाउँपालिका १ दुम्जा स्थित प्रहरी चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दिनु भएको जानकारी अनुसार मरिणबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ७३४३ नम्बरको यात्रुबहाक बस चेकजाँच गर्दा छत, डिकी तथा भित्र राखी काठमाडौँ लैजाँदै गरेको अवस्थामा कपडा बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

चेकजाँचका क्रममा १६ वटा आइटम मा १९ थान देखी १ हजार ६३२ थान सम्मका कपडा बरामद गरेको प्रहरीको भनाई छ । बरामद गरिएको कपडाको अन्दाजी बजार मूल्य ७ लाख १६ हजार २० रुपैंया बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले कपडा सहित बस, बस चालक घ्याङलेख गाउँपालिका २ निवासी ३८ वर्षीय धनबहादुर स्याङतान र सह–चालक कमलामाई नगरपालिका ८ का ३२ वर्षीय राजकुमार लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बस र कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ ।

Comment here