प्रदेशसमाचार

घरमा लागु औषध लुकाएर राख्ने प्रभात पक्राउ

सिन्धुली, ८ बैशाख २०७८

कमलामाई नगरपालिका ९ सुकेखोला निवासी ३४ वर्षीय प्रभात देवकोटा लागु औषध सहित पक्राउ परेका छन् । घरमा नै लागु औषध लुकाई छिपाई राख्दै गरेको अवस्थामा प्रहरीले प्रभातलाई घरबाटै पक्राउ गरेको हो ।

प्रभातले घरमा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रभातको घर खन्तलासि गर्दा उनको कोठामा रहेको निलो रङ्गको जेब्रा झोलामा राखेको ८ वटा लागु औषधको बोतल सहित प्रभातलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । ८ वटा बोतल मध्ये एक बोतल खालि रहेको Codeine phosphate Exiplon 100 ml को ७ वटा भरि बोतल र एउटा खालि बरामद गरि आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here