प्रदेशबागमतिशिक्षासमाचार

सिन्धुलीमा कोरोनाका कारण वार्षिक परीक्षा बैशाख १९ मै हुने

सिन्धुली, ८ बैशाख २०७८

कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय स्तरमा संचालन हुने कक्षा १–७ र ९ कक्षाको परीक्षा यही बैशाख १९ गते बाट संचालन हुने भएको छ । संयुक्त परीक्षा समिति सिन्धुलीको आज बसेको आकस्मिक बैठकले परीक्षाको समय तालिका भन्दा अगावै गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख समेतको राय, सुझाव, परामर्श र समन्वय अनुसार विद्यालय स्तरमा संचालन हुने परीक्षाको समय कक्षा १–७ र ९ कक्षाको २०७७ सालको वार्षिक परीक्षा बैशाख १९ म गर्ने निर्णय भएको आज एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

यस अघि जेठ २ गते बाट वार्षिक परीक्षा संचालन गर्ने निर्णय भएकोमा कोभिड १९ को बढ्दो प्रभाव र सङ्क्रमणको जोखिमका कारण बैशाख १९ गते आइतबारबाट सुरु गर्ने निर्णय भएको नेपाल शिक्षक महासङ्घका सह–अध्यक्ष रमेशप्रसाद देवकोटा, नेपाल शिक्षक महासङ्घका सचिव विष्णुप्रसाद फुयाँल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष पुरुषोत्तम पहाडी, नेपाल शिक्षक सङ्घका अध्यक्ष अरुण कुमार थिङ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comment here